Places

भ्यू टावर

भेडेटार बजारको पश्चिम पट्टकिो थुम्कोलाई शैलुङ्ग डाँडा अर्थात चार्ल्स पोइन्ट भनिन्छ । यो नाम रहनुमा २०३८ वि.स. मा छिमेकी राष्ट्र वेलायतको युवराज चार्ल्सले सो थुम्को चढेकेा र वस्ने ठाउँ प्याराफिट समेत निर्माण गरेका थिए पछि २०४५ सालको भुकम्पले भत्काइ दियो । हाल उक्त स्थानमा संस्कृति तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, जिबिस धनकुटा तथा भेडेटार गाविसको आर्थिक लगानीमा उक्त स्थानको टुप्पोका चार्ल्स भ्यू टावर निर्माण गरिएको छ । यस भ्यू टावरबाट धरान बजार, इटहरी, विराटनगर, कोशी व्यारेज, कुम्भकर्ण हिमाल, मकालु हिमाल, कञ्चङजङघा हिमाल साथै सगरमाथा हिमाल पनि देख्न सकिन्छ । दृश्यावलोकन लागि अति उपयुक्त स्थान हो । जहाँ वाइनोकुलर वा दुरविन राखेमा पुर्वान्चलको १६ वटै जिल्ला देख्न सकिन्छ । उक्त भ्यू टावरको फेदैमा चमेना घर छ जहाँ चिया चमेना, कफि, नास्ता पानीको प्रबन्ध छ । जहाँ बसेर भेडेटार, काम्फेक, देविथान, लेउती, धरानको फुस्रे निहाल्दै आँखाको पवित्र चाख्न पाइन्छ ।

पाथिभरा मन्दिर
पर्यटकीय स्थल भेडेटार बजार देखि पश्चिम तर्फआधा घण्टाको पैदल दुरी ( हालसाल भेडेटार-गोलखाडी कच्ची मोटर बाटो पनि जान्छ) मा यो मन्दिर रहेको छ । ताप्लेजुंग जिल्लाको प्रसिद्ध पाथीभरा देविको प्रतिकको रुपमा स्थापना गरिएको यस मन्दिरमा दिनहूँ सैयौंको संख्यामा झापा, मोरङ, सुनसरी आदि जिल्लाहरुबाट दर्शनार्थ भक्तजनहरुको भिड लाग्दछ । ताप्लेजुङ्गको पाथीभरा देविको दर्शन गर्न जान नसक्नेहरुको लागि सोहि देवि को शाखाको रुपमा स्थापना गरिएको हो भनेर वुढापाका भन्दछन् । यस मन्दिरमा दर्शनालुहरु हप्ताको मंगलवार र शनिवार विशेष भिड लाग्दछ । यस पाथीभरा मन्दिर अग्लो डाँडो, चोखो ठाउँ, जहाँबाट मौसम सफा भएको वेला ताप्लेजुङ्ग जिल्लाको पाथीभरा देविको मन्दिर देख्न सकिन्छ । यसै डाँडाबाट सायोक यक साँगुरी गढी पनि सजिलै देख्न सकिन्छ । यसै डाँडाबाट धरान नगरी तथा धनकुटा सदरमुकाम देखिनुको साथै हिमालहरु पनि देख्न सकिन्छ । यसै मन्दिरको दक्षिण पट्टी पाथीभरा मन्दिरमा आउने दर्शालुहरुको लागि पनि हुने पिकनिक सेड बनिरहेको छ भने धनकुटा जिविस तथा भेडेटार गाविसको लगानीमा पनि पिकनिक निर्माण स्थल बनिरहेको छ ।यस पाथीभरा देविको मन्दिरमा हाँस, परेवा, कुखुरा, बोका आदिको वली दिने गरिन्छ । यो मन्दिरमा भाकल गरेको पुग्छ भन्ने जन विश्वास छ । यस मन्दिरमा भाकल तथा पूजापाठ गरेमा चिताएको कुरा पूरा हुने विश्वास रहि आएको पनि छ ।

सयोक यक

आठ अपुङ्गी लिम्बू राजा अर्थात ऐतहाङ शासनको अन्त पछि थिवोङहाङ अर्थात दश लिम्बूवान विजय पछि सायोक हाङले आफ्नो यक अर्थात गढी राखेको स्थान नै सायोक यक अर्थात सागुरी गढी नामकरण भएको बुढापाका भन्छन् । यो स्थान लिम्बू जातिको सामरिक महत्वको स्थान भन्दा फरक पर्दैन होला ।यो गढी गोलखाडी-महाभारत गाविस जाने बाटो पश्चिम दश मिनेटको उकालो हिडे पछि एउटा थुम्को आउछ त्यो नै सायोक यक हो । यहाँ १० वटा ढुङ्गाको कोठा कोठा भएको किल्लाहरु छन । जहाँ त्यति वेलाका यक तुम्बा अर्थात गढीका नायकेहरु बस्दथे । जो आज भोलि पनि ती किल्लाका अवशेषहरु छदैं छन । ती ढुङ्गाहरु त्यहाँका नभई धरान फुस्रे छेउ तामाखाम खोलाबाट ल्याइएको हो । त्यति वेलाको कुरा हो तिलिङ्गाहरु अर्थात सिपाहीहरु तामाखाम देखि उक्त थुम्कोसम्म लस्करै उभेर हात-हातमा बोकेर पु-याइएको कुरा बुढापाका ताजै सम्झन्छन् । त्यहाँ लगाइएको ढुङ्गाको विशेषता हेर्दा पनि त्यहाँ आसपासमा पाइने ढुङ्गा भन्दा फरक पाइन्छ । त्यस स्थानले घेरावाराको आशा गरिरहेको प्रष्ट देखिन्छ । यस डाँडोबाट धरान नगरी लगायत तराइका धेरै जसो स्थानहरु सजिलैसंग देख्न सकिन्छ । यहाँबाट साँचै हरियाली साथै प्राकृतिक वातावरण हर्ेन पाइन्छ । त्यहाँ पुग्ने जो कोही आधा घण्टा निशा नै लागे जस्तो भान हुन्छ । इतिहाँस खोज्नेहरुको लागि यो स्थान शक्ति वा सामरिक महत्वको स्थान मान्नु पर्दछ ।
सिम्सुवा झरना

धरान धनकुटा राजमार्ग पूर्व दक्षिण, भेडेटार बजारबाट करिव ६ किमि उत्तर वडा नं ३ र ५ को सिमानामा बग्ने सिम्सुवा खोलाको शीर अर्थात नमस्ते झरना पनि नामकरण दिइएको छ । यो झरना करिव ५० मीटर माथिबाट खस्दछ । यो झरना हेर्न जति नजिक गयो त्यति हराउदै जान्छ कारण यो अग्लो ठाउँबाट झर्ने र त्यसको आसपासमा रुखपातहरु बढेर छेल्ने भएकोले दृश्य नजिकबाट त्यति देखिन्दैन । उक्त स्थान हेर्नलाई सिम्सुवा मोडबाट खालै खोला भएर उकालो लागेर झरना नजिक पुग्न सकिन्छ र अघाउन्जेल सप्तरङ्गी इन्द्रणीको दृष्य हेर्न पाइन्छ । यस स्थान सम्म पुग्न पैदल बाटोको व्यवस्था गर्न सकेमा पर्यटकहरु खुव घुम्न आउने र त्यो स्थानको नाम प्रचार प्रसार भइ थप जिर्णोदार हुने थियो । राजमार्गबाट एक किमि मात्र टाढा तर पैरोको डर, खोल्सीमा भालु सिस्नुको डर र एकान्त छाँगो भएकोले जो कोही एक्लै दोक्लै जान कोहि पनि सक्दैनन् । यो झरनाको शीरलाई लिम्बूनी लोहोसे भनिन्छ । सो झरना नमस्ते बाजे अर्थात गोबिन्द राज लिम्बूको घर छेउबाट यदी दुरविन लगाएर हेर्ने हो भने प्रकृति प्रेमी पर्यटकहरु त्यसै मन्त्र मुग्न हुन्छन । झरना सम्बन्धि अनुसन्धान गर्ने अनुसन्धान कर्ताको लागि सुगम स्थान तर चुनौती पूर्ण खोच पनि हो ।
बिश्रान्ति मन्दिर

विश्रान्ति मन्दिर एक धार्मिक स्थल तथा वृद्धाहरुको लागि विश्राम स्थल हो । यस स्थानमा ५० भन्दा वढि वृद्ध वृद्धाहरु वृद्धाआश्रममा वसिरहेका छन । ती वृद्धाहरुको स्वास्थ्य उपचार तथा स्याहार सुसारको लागि विशेष व्यवस्था गरिएको छ । यस विश्राम स्थल न्यानो भइकोले वृद्ध वृद्धाहरु खुशी नै रहेको पाइन्छ । यो स्थानमा तमोर नदीको किनार र तमोर पुलको दृश्यले आन्तरिक तथा वाह्य पर्यटकहरुलाई एकै छिन नभुलाई छाड्दैन । उक्त तमोर नदी किनारमा दाहसंसकारको कार्य पनि हुने गर्दछ । दाहसंस्कारको लागि दौरा व्यवस्था विश्रान्ति मन्दिर व्यवस्थापन समितिले गर्ने गर्दछ । यहाँबाट तरेली तरेली परेको खेतहरु साथै तमोर नदीको नाकवेली आकारको नदीको दृश्य अवलोकन गर्न सकिन्छ । यो स्थान वेल्हारा गा.वि.स.मा पर्दछ ।
यहाँ पुग्न मोटरबाटोको सुविधा छ । धरान धनकुटा राजमार्गको छेउमा नै पर्दछ । यो तमोर नदीमा हाल -याफ्टीङ पनि खेलाउन थालिएको छ । तमोर नदीमा हेलिएको थुरीबाट त्रिबेणी , बराहक्षेत्र हुदै चतराघाटमा निस्कन सकिन्छ ।

ध्वोजे डांडा

यो ध्वोजे डांडा डाडावजार गा.वि.स.को वडा नं २ मा अवस्थित छ । यस डाँडाको उचाई ७००० फिट छ जहाँबाट सुर्योदय देख्न सकिन्छ । डाँडावजारको दृश्य साथै तमोरको नाकवेली आकार ,एशियाको ठूलो वरको रुख पनि यसै स्थानबाट देख्न सकिन्छ । यहाँबाट तर्राईको फाँटहरु र सेता सेता हिमालको दृश्य पनि अवलोकन गर्न सकिन्छ । इलामको अन्तुडाँडा पछि राम्रो किसिमले सुर्योदय हेर्न यो ठाउँ ज्यादै उपयुक्त मानिन्छ । यहाँबाट पुर्वान्चलको १६ वटै जिल्लाहरु देख्न सकिन्छ । यहाँ पुग्न डाँडावजार वजार क्षेत्रबाट सिढी उक्लन्दै एक घण्टामा चुचुरोमा पुग्न सकिन्छ । यस्तो दृश्य हेर्नको लागि विहानको ३ वा ४ वजेको यात्रा तय गर्नु पर्दछ । उक्त डाँडामा वसेर सुर्योदय दृश्य अवलोकन गर्दा आनन्दको अनुभुति नहुने कोही छैन । यहाँ आउने पर्यटकहरुको लागि खान वस्नुको सुविधा डाँडावजार बजारमा केहि होटल तथा होमस्टे गर्न सकिन्छ । यहाँ पुग्न गाडीको सुविधा साथै भेडेटारबाट ३ घण्टा लागाएर पैदल यात्रा पनि तय गर्न सकिन्छ ।
राजारानी ताल

रानीताल राजारानी गा.वि.स.को वडा नं ३, ६,र ८ को सिमानामा १२३ रोपनी ओगटेर बनेको छ । यो ताल समुन्द्री सतहबाट करिव १५०० मिटर उचाइमा रहेको छ । पुर्वान्चलको यो ताल सवै भन्दा ठूलो र आकर्षक ताल मान्न सकिन्छ । यस तालको उत्पत्ति कहिबाट नआइ आफ्से आफ भित्रबाट उम्रिएको पानीको स्रोत हो । हाल यस तालमा माछापालन गरिएको छ । तालको वीच वीचमा कमलको फूल पनि फूलेको देख्न सकिन्छ । । यस स्थानको रानीताल र राजातालको नाम शूरुमा लिम्बू भाषाबाट मावावरक र पावावरक थियो । मावावरको अर्थ रानीधाप र पावावरको अर्थ राजाधाप वा पोखरी हुन्छ । अहिले रानीधापलाई रानीताल वनाईको छ भने राजाधापलाई खेतको रुपमा मात्र प्रयोग गरिएको छ । यस तालको केहि तल डुडे दह र काली दह पनि हेर्न लायक नै छ । त्यो पानीले बनाएको झर्ना पनि आकर्षको स्थान छ । यस तालमा आउने जो कोही पर्यटकले बोटिङ तथा फिसिङको मनोरञ्जन लिने सुविधा छ । यो स्थान उपत्यका परेकोले भविश्यमा काठमाण्डौ तथा पोखराको झै वस्ती वस्ने र पर्यटकीय स्थलको रुपमा विकास प्रवल सम्भावना वोकेको छ । यहाँ पुग्न पैदल यात्रा भेडेटारबाट ५ घण्टा तथा मोटरबाट ३ घण्टामा पुग्न सकिन्छ । धरानबाट नियमित लाग्ने वा छुट्रने बसको यात्राबाट ३ घण्टामा पुग्न सकिन्छ । वस्ने खाने सुविधाको लागि केहि होटल र होमस्टेटको पनि व्यवस्था छ । यो स्थान धनकुटा जिल्लाको एउटा प्रशासनिक इकाइ पनि हो ।